aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

सुडान घाेटाला काण्डमा २८ करोड ४० लाख भ्रष्टाचार गरि फरार रहेका ठेकेदार भारती पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
सुडान घाेटाला काण्डमा २८ करोड ४० लाख भ्रष्टाचार गरि फरार रहेका ठेकेदार भारती पक्राउ

काठमाडाैं । चर्चित सुडान घोटाला काण्डमा मुछिएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन् ।

नेपाल प्रहरी अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)काे टाेलीले भारतीलाई शुक्रबार बिहान पक्राउ गरेकाे हाे । आफ्नै निवास भैंसेपाटीमा बसिरहेका बेला पक्राउ गरिएकाे सीआईबीका एसपी दीपक रेग्मीले जानकारी दिए ।

सुडान घोटाला काण्डमा दोषी ठहर भई भारती फरार रहेका थिए । विशेष अदालतले भारतीलाई १ वर्ष कैद र १४ करोड २० लाख जरिवानाकाे सजाय सुनाएको थियाे । पक्राउ परेका भारतीलाई आजै सार्वजनिक गर्ने वा विस्तृत जानकारी दिने रेग्मीले बताए ।

तत्कालीन सुडानको डार्फरमा तैनाथ रहेका नेपाली सुरक्षाकर्मीका लागि एपीसी खरिदमा करिव २८ करोड ४० लाख भ्रष्टाचार भएको विशेष अदालतले ठहर ठहर गरेकाे थियाे । साे खरिदकाे ठेक्का पाएका एस्युर्ड रिस्क कम्पनीका एजेन्ट तथा भगवती ट्रेडर्सका सञ्चालक रहेका भारती पनि दाेषी ठहर भएका थिए ।

सुडान घाेटालामा तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारी समेत दाेषी ठहर भएका थिए । साे घोटालामा पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङ्देनसमेत भ्रष्टाचारी ठहर भएका थिए ।

सर्वोच्च अदालतले राणालाई दुई वर्ष कैद, ५० हजार रुपैयाँ जरिवाना, गुरुङ र ठकुरीसहित एआइजीलाई एक–एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस