aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

वर्ल्डलिङ्कलाई नोकियाको ‘होम कनेक्टिभिटी सर्भस इनोभेसन’ अवार्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ पुस २०७९
वर्ल्डलिङ्कलाई नोकियाको ‘होम कनेक्टिभिटी सर्भस इनोभेसन’ अवार्ड

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ ।  सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । 

नोकियाको नेटवर्क पूर्वाधार, एफएन सीटीओ तथा एमसीए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीका अनुसार नोकियाका अनुसार वर्ल्डलिङ्कले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि वर्ल्डलिङ्कलाई बिजेताको रूपमा चयन गरिएको हो । हिमाल, बरफ तथा हिउँ, खोला एवम् वन्यजन्तु जस्ता प्रतिकूल परिस्थितिमा समेत ग्राहकलाई जोडेको  नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा अग्रणी भूमिका निर्वाह गरेकोले सर्भिस इनोभेसनः इनहोम कनेक्टिभिटी विधा अन्तर्गतको अवार्ड वर्ल्डलिङ्कलाई प्रदान गरिएको छ ।

नोकियाको नेटवर्क पूर्वाधार, एफएन सीटीओ तथा एमसीए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीले भनेकी छिन् । नोकियाले यही डिसेम्बर ७(८ सम्म सिङ्गापुरमा आयोजना गरेको गेट टु फास्ट फास्टर २०२२ कार्यक्रम माझ वर्ल्डलिङ्कलाई यो अवार्ड प्रदान गरिएको थियो । हाल कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या सात लाख भन्दा बढी तथा प्रयोगकर्ताको सङ्ख्या ३० लाख भन्दा धेरै छ । 

हाल नेपालमा एक जना ग्राहकले जोडेको इन्टरनेट औसत ४ः३२ जनाले प्रयोग गर्दै आएका छन् । देशका सातै प्रदेशका ७४ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ । कम्पनीले देशका विभिन्न १४ हजार भन्दा बढी स्थानमा फ्री वाईफाई सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस