aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

महानगरको प्रष्टिकरणः ‘फोहोर संकलन रोकिएको छैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ पुस २०७९
महानगरको प्रष्टिकरणः ‘फोहोर संकलन रोकिएको छैन’

काठमाडौं । फोहोर व्यवस्थापन कार्य नियमित भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् । आजदेखि काठमाडौँको फोहोर एक हप्ता नउठ्ने शीर्षकमा समाचार प्रकासन भएपछि काठमाडौं महानगरले प्रष्टिकरण दिएको हो । 

महानगरका प्रवक्ता मानन्धरले भने, ‘फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य कुनै पनि रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् । स्रोतमा पुष्टि नभएका समाचारले गलत सूचना प्रवाह भयो ।’ 

ल्याण्डफिल साइटका इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठकाअनुसार आज विहान ११९ ट्रिप फोहोर व्यवस्थापन भइसकेको छ । फोहोर बोकेका ट्रक साइटमा पुग्दैछन् । साइटमा व्यवस्थापनको काम चलिरहेको छ । श्रेष्ठकाअनुसार साइटमा दैनिक २ सय ट्रक पुग्ने गरेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस