aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एमाले–माओवादीसहितका कम्युनिष्टको एकता हुन लागेको महराको खुलासा

  • रासस
    रासस
  • शनिबार, ०९ पुस २०७९
एमाले–माओवादीसहितका कम्युनिष्टको एकता हुन लागेको महराको खुलासा

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गरेका छन् । 

प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताए । उनले भने, “सरकार गठनका विषयमा आवश्यक छलफल चलिरहेको छ”, छिट्टै टुङ्गो लाग्नेछ र नयाँ सरकार गठन हुन्छ ।”

पार्टी प्रवक्तासमेत रहेका महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी), बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोलालगायतले नेतृत्व गरेको पार्टीसँग आवश्यक छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस