aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

बहुचर्चित पक्की पुल निर्माण पुरा नहुँदै गाडी गुडाएपछि...

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, १० पुस २०७९
बहुचर्चित पक्की पुल निर्माण पुरा नहुँदै गाडी गुडाएपछि...

काठमाडौं । उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार  पुल  सम्पन्न  नहुँदै  यातायात  सञ्चालनमा ल्याइएको छ । उदयपुर  रौतामाई  गाउँपालिका–५  आँपटार  र  खोटाङ  खोटेहाङ  गाउँपालिका–९  लिच्कीराम्चे  जोड्ने  पुलमा  जबर्जस्ती  यातायात सञ्चालन गरिएको हो । बहुचर्चित  सुनकोसी  नदीमाथिको  फोक्सिङटार मोटरेबल पक्की पुल सम्पन्न हुन अझै एक महिना लाग्ने जनाएको छ । पुल वारिपारि एप्रोज सडक, रेलिङ तथा वाइरिङ कोट ढलान गर्न बाँकी नै छ ।

मुग्लिङपछि  नेपालकै  दोस्रो ’आर्क  डिजाइन’मा निर्माण भइरहेको फोक्सिङटारमा निर्माणाधीन  मोटरेबल  पक्की  पुल  निर्माण  अन्तिम  चरणमा  पुगेकै  बेला  जबर्जस्ती  यातायात सञ्चालन गरिएको हो । लामो समय अलपत्र रहेको सो पक्की पुल निर्माणको अन्तिम चरणमा रहेकै समय बिहीबारबाट जबर्जस्ती यातायात सञ्चालन गरिएको  छ  ।

 १०  वर्षदेखि  अलपत्र  पुल  अन्तिम चरणमा छ । पुलको बेरिङकोट, एप्रोज रोडलगायतका  कामै  नसकी  सञ्चालनमा  आएको छ । करिब १९ करोड ६० लाखको लागतमा  गौरी  पार्वती  वाईपी  जेभीले  २०७५  चैतमा  सक्नेगरी  ठेक्का  लिएको  थियो । तर, ढिलासुस्तीका कारण अझै काम सकिएको छैन । पुल सेक्टर नम्बर १ धरानका योजना प्रमुख प्रदीप भण्डारी निर्माण अन्तिम चरणमा पुगेको  बताउँछन्  । अब  एक  महिनाभित्र  सकिने  उनी  भन्छन्  । 

प्रतिक्रिया दिनुहोस