काठमाडौं । बहुमतको प्रधानमन्त्री सिफारिस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिन लाग्दा दलहरुलाई सकस परेको छ । सरकार निर्माणको पहिलो हकदार देखिएको सत्ता गठबन्धनमा कुरा नमिल्दा दलहरुको रस्साकस्सी चलिरहेको छ भने गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र दोश्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)काबीच प्रधानमन्त्री कसले पहिले लिने भन्ने विवाद हुँदा एमालेले रोचक मानेर नियालिरहेको छ ।
गठबन्धनबाट सहमतिको सरकार निर्माण हुने सम्भावना कम भएको निश्कर्षमा पुगेको नेपाली कांग्रेसले प्रतिपक्षी एमालेसँग पनि संवाद अगाडि बढाएको छ । माओवादी केन्द्रलाई पपनि हरियो कार्ड देखाइरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कांग्रेस नेता विमलेन्द्र निधि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको दूत बनेर मध्यराति बालकोट पुगेका छन् ।
देउवाको दूत बनेर गएका निधिले शनिबार राति नै ओली निवास पुगेर कुराकानी गरेका छन् ।
माओवादी पनि कांग्रेससँग कुरा नमिले एमालेसँग मिलेर सरकार बनाउने दाउमा छ । एमाले अध्यक्ष ओलीले गठबन्धन छोडेर आए माओवादीसँग मिल्ने जनाउ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस