aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गठबन्धन जोगाउन खोजेको सकिएन, टुट्योः रामचन्द्र पौडेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० पुस २०७९
गठबन्धन जोगाउन खोजेको सकिएन, टुट्योः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन जोगाउन खोज्दा खोज्दै टुटेको बताएका छन् । आइतवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरुसंग बोल्दै उनले गठबन्धन टुटेको बताएका हुन् ।  

नेता पौडेलले भने, ‘गठबन्धन कुनै पनि हालतमा जोगाउनु पर्छ भनेर हामी लागेका थियौं । तर, सकिएन । गठबन्धन टुट्यो । अब हाम्रो हातमा केही बाँकि रहेन ।’ गठबन्धनको छलफल जारी रहेकै बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए । प्रचण्डले गठबन्धन तोडेर गएको पौडेललको भनाई छ । 

हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस