aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
टिप्पणी

बालकोट नपुग्दै किन मोडिए अचानक प्रचण्ड खुमलटारतिरै ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० पुस २०७९
बालकोट नपुग्दै किन मोडिए अचानक प्रचण्ड खुमलटारतिरै ?

काठमाडौं । नयाँ सरकार गठनको लागि तोकिएको समय घर्कनै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वमा सहमति जुटाउन असफल बन्ने देखिएको छ । उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नै मुट्ठीमा राखेर देउवालाई बहुमत पुर्‍याउन नदिने तर्फ धकेल्दै छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जुनसुकै सर्तमा अहिले नै प्रधानमन्त्री बन्नु पर्ने हठका कारण गठबन्धन मात्रै बिथोलिने नभएर मुलुक नै अस्थिरता तर्फ धकेलिने देखिएको छ । 

देउवाले आफ्नो इच्छा पुरा नगर्ने देखिएपछि बालुवाटारबाट बाहिरिएका प्रचण्ड ओलीको शरणमा जाने तयारीमा थिए । तर, अचानक उनी खुमलटार तर्फ नै मोडिएपछि गठबन्धन टिकाउन मरिहत्ते गरेर लागेको विदेशी शक्ति फेरि सक्रिय बनेको टिप्पणी गरिँदै छ । 

त्यसो त केपी ओलीसँग बालकोटमा रबी लामिछाने र राजेन्द्र लिङ्देन छलफलमा नै बरिरहेका कारण गेटमा पुग्नु भन्दा केही क्षण आफ्नै निवासमा आराम गर्न प्रचण्ड खुमलटार तिरै हानिएको समेत माओवादी निकटका नेताहरूको भनाई छ ।  

परजीवी प्रचण्ड र ल्युकोक्लोरिडियमको जीवनचक्र

 

 

प्रतिक्रिया दिनुहोस