aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

ओली, प्रचण्ड र लामिछानेबीच भेटवार्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० पुस २०७९
ओली, प्रचण्ड र लामिछानेबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल सुरु भएको छ ।

सो छलफलमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेता अशोक राई पनि सहभागी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आव्हान गरेका एक हप्ताको समय आज पाँच बजे सकिनु अघि सो भेटवार्ता भएको हो ।

भेटवार्तामा एमाले, माओेवादी, रास्वपा र राजपाका शीर्ष नेता पनि सहभागी रहेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । सो भेटवार्ताअघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेट भएको थियो । 

परजीवी प्रचण्ड र ल्युकोक्लोरिडियमको जीवनचक्र

प्रतिक्रिया दिनुहोस