aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नक्कली नोटसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० पुस २०७९
नक्कली नोटसहित एक जना पक्राउ

कैलाली । नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका २ ट्राफिक चौराहबाट नेपाली १ हजार दरको नक्कली नोट ४ थान सहित चुरे गाउँपालिका ६ बस्ने ५५ वर्षीय लाल बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस