aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

हामी यहाँ छौं भन्दै सडकमा निस्किएको दुई वर्षमा प्रधानमन्त्री भए प्रचण्ड

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ११ पुस २०७९
हामी यहाँ छौं भन्दै सडकमा निस्किएको दुई वर्षमा प्रधानमन्त्री भए प्रचण्ड

काठमाडौं । आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमा ‘नयाँ यात्राको सुरुवात भन्दै प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर (पहिलो तस्बिर) सार्वजनिक गरे ।

दुई वर्षपछि बालकोट पुगेएका प्रचण्डलाई ओलीले प्रसन्न मुद्रामा स्वागत गरेको तस्बिर थियो । जुन दिन ओलीले प्रचण्डलाई प्रसन्न मुद्रामा स्वागत गरेका थिए, ठीक दुई वर्षअघि आजकै दिनको तस्बिर (दोस्रो तस्बिर) भने फरक थियो । दुई वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुग्दा प्रचण्ड र हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल हामी यहाँ छौँ भन्ने नारा छातीमा टाँसेर माइतीघरमा सडक धर्नामा थिए ।

मल्लले सार्वजनिक गरेको उक्त तस्बिरले अघिल्लो तस्बिरलाई बहसमा ल्याएको छ । तर राजनीतिमा स्थायी शत्रु हुँदैनन् भन्ने मान्यताको तर्कले बहसको अन्त्य वा विषयान्तर गर्न सक्छ । ओली र प्रचण्डको ‘सरप्राइज भने यो नै पहिलो होइन। राजनीतिका दुई चतुर खेलाडीले २०७४ मा सरप्राइज दिएका थिए । जुन अहिलेको भन्दा बढी रोचक थियो ।

प्रतिक्रिया दिनुहोस