aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

देउवाले पार्टी सभापति र दलको नेताबाट राजीनामा दिनुपर्ने कांग्रेस नेताको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ पुस २०७९
देउवाले पार्टी सभापति र दलको नेताबाट राजीनामा दिनुपर्ने कांग्रेस नेताको माग

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व छोड्नु पर्ने दबाब शुरु भएको छ । कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेता दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । 

सामाजिक सञ्जाल मार्फत घिमिरेले सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै देउवाको आलोचना गरेका छन् । उनले लेखेका छन्– ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?’ 
 

प्रतिक्रिया दिनुहोस