aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नयाँ मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने निर्णय गर्न माओवादी बैठक बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ पुस २०७९
नयाँ मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने निर्णय गर्न माओवादी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री प्ष्पकमल दाहाल (प्रचण्ड)को सपथ आज हुने भएको छ । साथै नयाँ मन्त्रिमण्डलमा कसकसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल गर्न मोओबादीको पदाधिकारी बैठक बोलाएको छ। पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।

 साथै, एमाले, रास्वपा, राप्रपालगयत ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।  सत्ता साझेदार दलहरुको बैठक पनि आज बिहान ११ बजे बस्दैछ।  नेकपा (एमाले) विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको बताइएको छ।


 

प्रतिक्रिया दिनुहोस