aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बालक अपहरण गर्ने भारतीय पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
बालक अपहरण गर्ने भारतीय पक्राउ

सिरहा । बालक अपहरण गरी भरततर्फ लैजान लागेको बेला बालकसहित अपहरणमा संलग्न पक्राउ परेका छन् । रौतहट घर भइर सिरहा बस्दै आएका बच्चा यादवका छोरालाई अपहरण गर्ने भारत सितामढी घर भई सिराहामै बस्दै आएका सोभित मुखिया पक्राउ परेका हुन् । 

मुखियाले सिरहा कर्जन्हवा बस्ने यादवलाई डेराबाटै अपहरण गरेको सिराहा प्रहरीले जनाएको छ ।

बालक अपहरणमा संलग्न मुखियालाई संघीय प्रहरी ईकाइ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले बिहीबार सर्लाहीको विष्णुपुर गाउँपालिकास्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको हो ।

उद्दार गरिएका बालकको सवास्थ्य परीक्षणपछि अभिभावकलाई जिम्मा दिने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस