aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आजै मन्त्रिमण्डल गठन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ पुस २०७९
आजै मन्त्रिमण्डल गठन गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय गरेको हो । 

श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ कार्यक्रम राखिएको छ ।  

प्रतिक्रिया दिनुहोस