
एजेन्सी । भिडियोकन समूहका संस्थापक वेणुगोपाल धूतलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले सोमबार पक्राउ गरेको छ । आईसीआईसीआई बैंक ऋण ठगी मुद्दामा यो पक्राउ गरेको हो । यसअघि शुक्रबार एजेन्सीले आईसीआईसीआई बैंककी पूर्व सीईओ तथा एमडी चन्द कोचर र उनका श्रीमान् दीपक कोचरलाई पक्राउ गरेको थियो । यसपछि उनलाई मुम्बईको विशेष अदालतले २४ देखि २६ डिसेम्बरको हिरासतमा पठाएको थियो।
चन्द कोचरले देशको सबैभन्दा ठूलो निजी बैंक आईसीआईसीआई बैंकको जिम्मेवारी सम्हाल्दा नियम मिचेर विभिन्न भिडियोकन कम्पनीलाई केही ऋण स्वीकृत गरेको आरोप छ । २०१२ मा, भिडियोकन समूहका कम्पनीहरूको छ वटा खाताहरूको विद्यमान मौज्दातलाई घरेलु ऋण पुनर्वित्त अन्तर्गत स्वीकृत १,७३० करोड भारुको ऋणमा समायोजन गरियो।
योसँगै सीबीआईले २०१२ मा दिएको ३२५० करोड ऋणमध्ये २८१० करोड रुपैयाँ ९लगभग ८६ प्रतिशत० नतिरेको पनि बताएको थियो । भिडियोकन र यसका समूहका कम्पनीहरूको खाता जून २०१७ मा एनपीए घोषित गरिएको थियो। एनपीए घोषणाका कारण बैंकले घाटा बेहोरेको छ ।
चन्द कोचरका वकिलले शनिबार अदालतमा चन्द कुनै पनि कम्पनीको सञ्चालक वा सरोकारवाला नभएको बताए । यो बयान ईडीलाई स्वीकार्य थियो र ईडीले उनलाई पक्राउ गरेन। तर यो भनाइमा सीबीआई चित्त नबुझेर पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस