aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आठ सदस्यीय मन्त्रिपरिषद गठन: अर्थमन्त्रीमा विष्णु पौडेल, रवि लामिछाने गृहमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ पुस २०७९
आठ सदस्यीय मन्त्रिपरिषद गठन: अर्थमन्त्रीमा विष्णु पौडेल, रवि लामिछाने गृहमन्त्री

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको छ । प्रचण्डले तीन जना उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । 

एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री एवं मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् ।  

एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बनेका छन् भने जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त भएका छन् । उनीहरुको जिम्मेवारी तोकिएको छैन । राष्ट्रपति भण्डारीले मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई अब्दुल खानलाई पनि पद तथा गोपनीयताको शपथ गराएकी थिईन् ।  

प्रतिक्रिया दिनुहोस