काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारले सेवाग्राहीले सास्ती भागिरहेका क्षेत्रका कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो ।
राहदानी बनाउन काठमाडौंको त्रिपुरेश्वरमा लामो लाइन बस्नुपर्ने र सवारी चालक अनुमतिपत्र लिनका लागि काठमाडौंका विभिन्न स्थानमा लामो लाइन बस्न पर्ने समस्याबाट आम नागकरिक हैरान भइसकेका छन् । नागरिकलाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिने निर्णय भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
यो सरकारलाई नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थनप्राप्त छ । नेपालको संविधानअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रावधान भएकाले पछि १७ मन्त्री थप गर्ने प्रधानमन्त्री दाहाललाई सुविधा छ ।
प्रतिक्रिया दिनुहोस