काठमाडौं । सरकारले नागरिहरुले हाल भोग्दै आएका सास्तीहरु मध्य राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स)लिन लाइन बस्नु पर्ने झन्झटको अन्त्य गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि प्रधानमन्त्री प्रचण्डले अबको सरकारले सुशासन कायम गर्ने बताउँदै जनतालाई दुःख सास्ती नहुने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको पहिलो बैठकपछि प्रचण्डले पालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए ।
प्रचण्डले भने‚ ‘जनतामा आम रूपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । यो मन्त्रिपरिषद्ले एउटा आशा जगाएको छ। प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेका छौँ ।’
प्रतिक्रिया दिनुहोस