काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनको प्रति इकाई खुद मूल्य कात्तिकको तुलनामा मंसिरमा घटेको छ । कात्तिक मसान्तसम्म रू. ७ दशमलव ८९ रहेको योजनाको प्रति इकाई खुद मूल्य मंसिरमा रू. ७ दशमलव ८५ कायम भएको हो ।
मंसिरमा योजनाको नोक्सानी समेत बढेको छ । कात्तिक मसान्तसम्म रू. ४८ लाख ५६ हजारभन्दा बढी नोक्सानीमा रहेको योजना मंसिर मसान्तसम्म रू. ६१ लाख ५० हजारभन्दा बढी नोक्सानीमा रहेको हो ।
धितोपत्र बजारमा लगानी गरी नाफा कमाउने उदेश्य सहित सञ्चालित खुलामुखी प्रकृतिको यस योजनाले मंसिर मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परल मूल्य कमिसन सहित रू. २३ करोड १० लाख ९४ हजार रहेको छ । योजनाले लगानी गरेको धितोपत्रको बजारमूल्य भने रू. १३ करोड ४३ लाखभन्दा बढी मात्र रहेको छ । बजार घटेको असर योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्यमा परेको हो । मंसिर मसान्तसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. ४ करोड १५ लाख लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस