काठमाडौं । देशका विभिन्न ठाँउमा भक्एो आगलागीबाट २२ लाख भन्दाबढिको धनमाल जलेर नष्ट भएको छ । काठमाडौंको नागार्जुन नगरपालिका १ रानिवनस्थित काठमाडौं भ्यालि कलेजमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्यस्तै, प्युठानको माण्डवी गाउँपालिका २ ढाड बस्ने टेक बहादुर बिकको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा लत्ताकपडा, अन्नपात लगायतका करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका ३ राईचोक बस्ने टिका ठकुरीको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, फर्निचर लगायतका करिब १६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस