aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बुटवलमा मठाधिश र डिएसपीकाे अनाैठाे आर्थिक अपराध

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • मंगलबार, १२ पुस २०७९
बुटवलमा मठाधिश र डिएसपीकाे अनाैठाे  आर्थिक अपराध

भैरहवा । रुपन्देहीमा दुई ओटा अनौठा घटना भएका छन् । गत पुस ३ गते महोत्तरीको मटिहानी मन्दिरका मानमहन्थ जगरनाथ दासलाई हस्ताक्षर किर्ते गरी पैसा हिनाविना गरेको आरोपमा पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी अवैध पैसा र सुन सहित पक्राउ परेका छन् ।

दासले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर ७० लाख १८ हजार ५ सय १० रुपैया ३५ पैसा भिकेको आरोपमा जनकपुरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी मुद्धा चलाइएको छ ।

महामहन्त दासले उनको आफ्नै नाममा रहेको सिद्धार्थनगर भैरहवा शाखाको मेघा बैंकको खाताबाट जनकपुरका श्रवण यादवलाई ७ नोभेम्बरमा त्यो पैसा टान्सफर गरेका थिए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक्का राखेको उनको नामको खाता फुकुवा गराउन मानमहन्त दासले सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोप छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसी घुसकाण्डमा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पुस १० गते साँझ बुटवलस्थित निवासबाट नियन्त्रणमा लिएको हो ।

१३ महिना अघि इलाका प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न आएका डिएपी केसीको निवासबाट ८ लाख ५० हजार रूपैयाँ नगद, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक र ३५ तोला सुन बरामद भएको जनाइएको छ ।

सर्वसाधारणलाई हिरासतमा राखिँदा डिएसपी केसीलाई पाहुना मानेर राखेको विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक रबिन्द्र रेग्मी सत्यता नरहेको बताउँछन् । महन्त र डिएसपीको यस्ता काण्ड देखि ठुलाले जे गरेनी हुने मनोवृत्ति विकास भएको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा असन्तुष्ट व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस