aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

महिला बेचबिखनमा चिनियाँ तस्कर बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ भदौ २०७६
महिला बेचबिखनमा चिनियाँ तस्कर बढ्दै

काठमाडौँ । ‘कोर्ट म्यारिज’ माध्यमबाट कानुनी प्रक्रिया पूरा गरेर नेपाली युवतीलाई चिनियाँ नागरिकसँग विवाह गराई तस्करी हुने गरेको खुलेको छ। 
काठमाडौँ जिल्ला अदालतमा कोर्ट म्यारिज गरी चीनतर्फ जाँदै गरेका दुई नेपाली युवतीलाई प्रहरीले विमानस्थलबाट उद्धार गरेपछि यो तथ्य खुलेको हो।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले चिनियाँ नागरिक २९ वर्षीय क्विन झ्यान पेडलाई भदौ २ गते नेपाली युवतीलाई चीन लाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो। त्यसै गरी बिहीबारमात्रै विवाह गरेर चीन जान दरबारमार्गस्थित एक होटेलमा बसिररहेका क्विन लियाङलाई पनि ब्युरोको टोलीले पक्राउ गयो।

दुवै व्यक्तिलाई नेपाली युवतीसँग विवाह गराउन काठमाडौँमा ब्युटी पार्लर खोलेर बसेकी उषाकुमारी घिमिरेले सघाएकी थिइन् । प्रहरीले उनलाई
पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। एउटा विवाह गराएबापत उनले १० लाख रुपैयाँ लिने गरेको प्रहरीले जनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार विवाह दर्ता परिवारका सदस्यहरूकै उपस्थितिमा हुने र विमानस्थलसम्म पनि परिवारकै सदस्यले पुर्‍याउने गरेका थिए। परिवारको पूर्ण सहमतिमा विवाह गराई चीन पठाउन गिरोह सफल भएको देखियो’, कार्कीले भने उनका अनुसार ब्युरोको टोलीले चार जना चिनियाँ र ६ जना नेपाली गरी १० जनालाई पक्राउ गरेको छ। पाँच दिनका लागि मात्र नेपाल आएर नेपाली युवतीसँग विवाह गर्न सम्भव छैन ।

चिनियाँले नेपाली दलालको सहयोगमा नपाली युवतीसँग अदालतमा कोर्ट म्यारिज गरेको देखिन्छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस