काठमाडौं । सीमावर्ती भारतीय बजारतर्फ राष्ट्रिय जनावर गाईको तस्करी हुने क्रम अझै रोकिएको छैन । गाईको दूध खान-बेच्न वा गोरुलाई जोत्ने गाडा चलाउने कामका लागि नभई मासुका लागि चौपाया भारत र बंगलादेशतर्फ अवैध निकासी हुन थालेको भन्सार कार्यालयका कर्मचारी बताउँछन्।
सरकारले गाई निकासीमा प्रतिबन्ध लगाए पनि थारा गाईलाई गोरुसँगै भारततर्फ लैजाने गर्दासमेत कतैबाट उजुरी नआएको प्रहरीको भनाइ छ।
रोकथाम गर्ने निकायलाई थामथुम गरेर दैनिक अवैध निकासी हुने गरेको राजविराजका अरुण तिवारीले बताए।
खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गरिएको प्रतिबन्धित गाई प्रहरीले फाटफुट रूपमा बरामद गरे पनि ठूलो संख्यामा हुने निकासीतर्फ आँखा चिम्लिएको गौ संरक्षण अभियानकर्ताको आरोप छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस