aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भारतले नेपालका थप दुई आयोजना किन्ने इच्छा देखायो

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, १३ पुस २०७९
भारतले नेपालका थप दुई आयोजना किन्ने इच्छा देखायो

काठमाडौं । सुरुमा दुई जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक ३ सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप २ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युत् स्वीकृति क्षमता ४ सय ८ मेगावाट रहेको थियो ।

मंगलबार काबेली ‘बी’ ९१० र तल्लो मोदीको बिजुली भारतले किन्ने सहमति जनाएपछि १० आयोजनाबाट भारत निर्यात हुने र ४ सय ५२ मेगावाटको बिजुली दैनिक भारत निर्यात हुने भएको छ ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८(७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी २ अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको थियो ।

अहिले भने चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत् माग बढेको तर खोलानालामा पानीको बहाब घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

उनका अनुसार देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत् माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने वाध्यात्मक अवस्था छ । घिसिङले वैशाख अन्तिम वा जेठको पहिलो हप्ताबाट फेरि विद्युत् निर्यात सुरु हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस