aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सशस्त्र प्रहरीमा नयाँ मापदण्ड, मिसनमा जान १५ वर्ष सेवाको सर्त

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, १३ पुस २०७९
सशस्त्र प्रहरीमा नयाँ मापदण्ड, मिसनमा जान १५ वर्ष सेवाको सर्त

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन फम्र्ड पुलिस युनिट ९एफपीयू०का रूपमा खटिने सशस्त्र प्रहरी कर्मचारीले अब कम्तीमा १५ वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले मिसनका लागि छनोट प्रक्रिया थप निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले संशोधित ‘यूएनएफपीयू मिसन छनोट निर्देशिका–२०७९’मा यो व्यवस्था लागू गरेको हो । यसबाट लामो समय सेवाअवधि पूरा गरी मिसनमा अवसर नपाएका कर्मचारी बढी लभान्वित हुने सशस्त्र मुख्यालयको विश्वास छ ।

यसअघि, ‘यूएनएफपीयू मिसन छनोट निर्देशिका–२०७१’अनुसार न्यूनत्तम पाँच वर्ष सेवा अवधि पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीसमेत मिसनमा सहभागी हुँदै आएका थिए ।

पहिले सेवामा प्रवेश गरेकाले ‘यसप्रकारका अवसर पाउनुपर्छ’ भन्ने उद्देश्य र देशभरका एकाइमा कार्यरत कर्मचारीबाट प्राप्त सुझावअनुसार निर्देशिका परिमार्जन गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी कर्मचारीले हालै लागू ‘बडी मास इन्डेक्स’ (बीएमआई)का आधारमा स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डमा समेत अनिवार्य उत्तीर्ण हुनुपर्नेछ । जसअन्तर्गत उचाइअनुसारको तौल नभएका अति दुब्ला र अति मोटा कर्मचारी यो अवसरबाट वञ्चित हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस