काठमाडौं । सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले)का अध्यक्ष कृपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । सोमबार गृहमन्त्रीमा नियुक्त भएका लामिछद्धानेले मंगलबार साँझ ओलीलाई उनको निवास बालकोटमा पुगेर भेटेका हुन् ।
टेलिभिजनको कार्यक्रमदेखि नै आफ्नो सहकर्मी रहेका अर्का नेता दीपक बोहरालाई लिएर लामिछाने बालकोट पुगेका थिए । उक्त भेटमा एमाले उपाध्यक्ष अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसमेत सहभागी थिए ।
लामिछाने गृहमन्त्री भएपछि पहिलो पटक ओलीलाई भेट्न बालकोट गएका हुन् । ओली प्रधानमन्त्री भएका समयमा नै लामिछानेले नेपाल टेलिभिजनमा सिधाकुरा प्रधानमन्त्रीसँग नामक कार्यक्रमको सुरु गरेका थिए ।
सरकारबाट ओलीको बहिर्गमनसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि भने उक्त कार्यक्रम बन्द गरिएको थियो । लामिछानेले उत्तः कार्यक्रमको स्वरुप परिवर्तन गरेर सिधाकुरा जनतासँग बनाइ निजी टेलिभिजनमा चलएर लोकप्रियता कमाएका थिए ।
प्रतिक्रिया दिनुहोस