aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राज्यकोषको डेढ अर्ब जोगाउने रविको यो कदम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ पुस २०७९
राज्यकोषको डेढ अर्ब जोगाउने रविको यो कदम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमबार गृहमन्त्री भएर मंगलबार मन्त्रालयले भीआइपीहरुले नीयमविपरीत राखेका पीएसओहरु फिर्ता गर्न ४८ घण्टे अल्टिमेटम दिएसँगै एकखालको तरंग आएको छ । लामिछानेको पार्टीका नेता तथा कार्यकर्ताहरुले त्यसलाई पार्टीको नीति र सफलताको सुरुवातका रुपमा चर्चा गर्न सुरु गरेका छन् । 

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जाल मार्फत मंगलबार नियम विपरित निजी रुपमा राखिएका करिब २ हजार सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिइएको दोहोर्‍याएका छन् । सहमहामन्त्री बुर्लाकोटीले व्यक्तिगत सरुवा बढुवा छाडेर नागरिकको अपेक्षा अनुसार काम गर्नेतर्फ आफूहरु उन्मुख भएको दाबीसमेत गरेका छन् । 

उनले लेखेका छन्–'नियम विपरित निजी रुपमा राखिएका करिव २ हजार सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन भएको छ त्यस्तै चुस्त दुरुस्त प्रशासन मिलाउने हो भने अरु करिव २ हजार सुरक्षाकर्मी जगेडा आउने विज्ञहरुको राय छ । ‘२ हजार सुरक्षाकर्मीको औसत ३० हजार तलव १३ महिनाको करिब ७८ करोड र अरु २ हजार जगेडाको गरी करिब डेढ अर्ब रकम बचाउन सकिन्छ ।' 

सामाजिक सञ्जालबाटै छाउँदै नेपाली राजनीतिमा अप्रत्यासित उदाएका लामिछाने नेतृत्वका पाटीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुसमेत सामाजिक सञ्जाल बाटै प्रचार प्रसार गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस