aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

माधवलाई फकाउन प्रधानमन्त्री प्रचण्ड व्यस्त, नेपाल भने उपेन्द्रसँग परामर्शमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ पुस २०७९
माधवलाई फकाउन प्रधानमन्त्री प्रचण्ड व्यस्त, नेपाल भने उपेन्द्रसँग परामर्शमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन् । यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ ।

जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस