aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

गुडीरहेको रेल चढ्न खोज्दा एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ पुस २०७९
गुडीरहेको रेल चढ्न खोज्दा एक जनाको मृत्यु

काठमाडौं । गुडीरहेको रेल चढ्न खोज्दा धनुषाका एक पुरुषको मृत्यु भएको छ । जयनगरबाट जनकपुरतर्फ आइरहेको रेलमा चढ्न खोज्दा धनुषाको नगराइन नगरपालिका २ का पुरण सदाको मृत्यु भएको हो । 

नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले आज बिहान रेलको लिकमा परेर ३४ वर्षीय सदाको मृत्यु भएको बताए । उनले आर्थिक न्युजसंग भने, ‘आज बिहान बैदेही स्टेसनमा गुडीरहेको रेलमा चढ्न खोज्दा सदाको मृत्यु भएको हो । रेल चढ्न खोज्दा उनी चिप्लिएर लिकमा परेका हुन् । उनको शव पोस्टमार्टमका लागि जनकपुर ल्याउने तयारी भइरहेको छ ।’  
 

प्रतिक्रिया दिनुहोस