aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एक सय सात जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ पुस २०७९
एक सय सात जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानै गरिएको  विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । जसमा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारवाहीमा परेका हुन् ।

त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ८ ओटा स्कुल बसका चालकलाई पनि कारवाही गरीएको छ । सवारीको अवस्था ठिक नराख्ने ३ जना, झ्यालमा डण्डी नराख्ने ३  जना र कागजपत्र साथमा नबोक्ने २ जना गरी ८ जना स्कुल बसका चालकहरु रहेका छन् । यो सँगै कागजपत्र साथमा नबोकेका १ जना एम्बुलेन्स चालक र  ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारवाही गरिएको छ । 

सडकमा सहज र सुरक्षित यात्रा गराउन र ट्राफिक नियम पालना गराउन विशेष चेकजाँच गर्ने गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस