aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एमडिएमएसको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीसँग मोबाइल व्यवसायीको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ पुस २०७९
एमडिएमएसको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीसँग मोबाइल व्यवसायीको माग

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)को प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन् । व्यवसायीहरूले बुधवार अर्थमन्त्री विष्णु पौडेललाई भेटेर यस्तो माग राखेका हुन् । 

उनीहरूले अर्थमन्त्रीसँग भने, ‘अघिल्लो कार्यकालमै यहाँले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गराउने महत्त्वपूर्ण निर्णय लिनु भएको थियो । तर, यसको कार्यान्वयन मात्र होइन प्रभावकारी कार्यान्वयनको लागि अनुरोध गर्न चाहन्छौ । जसले गर्दा अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा लिएका छौँ ।’

महासंघका अनुसार मुलुकभर छरिएर रहेका २५ हजारभन्दा माथि स्वरोजगार मोबाइल व्यवसायीहरूलाई सङ्गठित गर्दै छाता संस्थाको रूपमा निरन्तर क्रियाशील नेपाल मोबाइल व्यवसायी महासंघ ५० हजार भन्दा बढी रोजगार छन् । ५ लाख भन्दा बढी आश्रित छन् । नेपालको अर्थतन्त्रको कर बुझाउने सुचांकमा दोश्रो स्थानमा रहेको छ । त्यसैले व्यवसायीलाई दिगो, मर्यादित, व्यवस्थित बनाउन माग छ । 

महासंघका अध्यक्ष भरत भट्टराईले वर्षेनी ४० अर्ब भन्दा बढी राजस्व उठाउने ठूलो स्रोत मानिएको मोबाइल व्यवसायी गम्भिर अवस्थामा पुगेको बताए । मूलतः बैङ्किङ क्षेत्रमा देखिएको जटिलताले व्यवसायी कर्मचारी र यसमा आश्रितहरूको जीवनयापन कष्टकर बन्दै गएको उनको भनाई छ । उचित नियम बनाई सहुलियत दरमा र सहज ऋण प्रवाह गरिदिने अवस्था भए मात्रै पनि यो व्यवसाय अगाडि बढी अझ सशक्त भई अर्थतन्त्रमा टेवा पुर्‍याउने क्षेत्रको रूपमा स्थापित हुन्छ भन्ने व्यवसायीको भनाई छ । 

उनका अनुसार घर बहाल लिने दिने मापदण्ड प्रभावकारी नहुँदा आकासिएको घर बहाल र करको स्पष्ट नीति नभएको जस्ता कारणले व्यापारी वर्गमा ठूलो समस्या देखिएको छ । नेपालमा आयात गरिएको एसोशेयरिज उत्पादन गर्ने उद्योगहरू सञ्चालन गर्न सकिने आधारहरू भएता पनि उचित कानुनी प्रावधान नभएकोले उचित कानुनी व्यवस्था, उपयुक्त अर्थनीति र वातावरण सिर्जना भएमा आयात प्रतिस्थापन हुने भएकोले यसमा अर्थमन्त्रीको ध्यान जानुपर्ने व्यवसायीको भनाई छ । 

 

 

प्रतिक्रिया दिनुहोस