aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

युवा स्वरोजगार कोष धरापमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ भदौ २०७६
युवा स्वरोजगार कोष धरापमा

रुकुम । बेरोजगार युवालाई व्यवसायमा सहभागी गराउन उपलब्ध गराइएको करिब एक करोड रकम असुल हुन सकेको छैन। 
युवा स्वरोजगार कोषअन्तर्गत २५ लाख रुपैयाँ अझैसम्म असुल नभएको हो। जिल्लाका विभिन्न ठाउँमा उक्त रकम लगानी गरिएको हो।
जिल्ला कषि विकास कार्यालयमार्फत २०६९ सालमा लगानी गरिएको झन्डै १ करोड रुपैयाँमध्ये २५ लाख रुपैयाँ असुल हुन नसकेको कार्यालयले जनाएको छ। 

कोषको रकम वास्तविक बेरोजगार युवाले भन्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताले लिएका कारण असुली हुन समस्या भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकाश पोखरेलले बताए। 

जिल्लामा ६३ जना युवालाई स्वरोजगार कोषको रकम वितरण गरिएको थियो। रकम लिएकामध्ये ११ जनाबाट साँवा र ब्याज असुली हुन नसकेको उनले बताए। ११ जनाबाट साँवाबापत १८ लाख रुपैयाँ र ब्याजबापत ७ लाख गरी जम्मा २५ लाख रुपैयाँ असुल हन बाँकी रहेको कार्यालय प्रमुख पोखरेलले बताए। २०७४ सालभित्र असुली हुनुपर्ने रकम अझैसम्म उठ्न सकेको छैन। ‘रकम लिएकाको बैंकमा कुनै धितो छैनु, उनले भने, धितो नभएका कारणले पनि रकम असुली गर्न थप समस्या भएको छ।’

सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले सहुलीयतमा ऋण लगानी गरेको थियो। बिनाधितो रकम वितरण गरेका कारण असुलीमा थप समस्या भएको बताइएको छ । पहुच र प्रभावका कारण ऋण लिने तर व्यवसाय नगरेका कारण रकम असुली हुन नसकेको हो । 'साना किसान र मजदुरीले रकम असुला पारसके, तर ठूला नेता तथा कार्यकर्ताले रकम बुझाएका छनन् ।, यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस