काठमाडौं । बागमती प्रदेशसभाका सांसदहरुको सपथ आज हुने भएको छ । ११० सदस्यीय प्रदेशसभाका सांसदहरुको आज सपथ हुन लागेको हो ।
उनीहरुलाई देशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउने छन् । प्रदेशसभा सचिवालयले शपथ ग्रहणका लागि आइतबार नै सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन सूचित गरिसकेको छ ।
बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस