aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयको नयाँ निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ पुस २०७९
सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयको नयाँ निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा अधिकारीहरूलाई नयाँ निर्देशन दिएको छ । गृह मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्ने स्वीकृति लिनु पर्ने निर्देशन सुरक्षा निकायका पदाधिकारीहरुलाई दिएको हो । 

उक्त विज्ञप्तिमा भनिएको छ, ‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरु कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरुले कुटनीतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्ने पर्ने भएमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन अनुरोध छ ।’

उक्त निर्देशन विपरीत कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारबाही हुने समेत गृहको भनाई छ । 

प्रतिक्रिया दिनुहोस