
एजेन्सी । केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ को अन्त्यसम्ममा भारतीय अटो उद्योगको आकार दोब्बर बनाउने लक्ष्य रहेको बताएका छन । उनले भारत १५ लाख करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको बताएको बताएका हुन । यससँगै भारत यस क्षेत्रमा विश्वका शीर्ष देशहरूमा सामेल हुनेछ।
मर्चेन्ट्स चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको अनलाइन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री गडकरीले भने, ‘मन्त्रालयले अर्को वर्ष पाँच लाख करोड रुपैयाँका परियोजनाहरूमा काम गर्नेछ। दुई लाख करोड रुपैयाँ सरकारबाट र बाँकी पुँजी बजारबाट उठ्नेछ।’
उनले भने, ‘अहिले अटो उद्योगको मूल्य ७.५ लाख करोड रुपैयाँ भारु छ। हामी यसलाई १५ लाख करोड रुपैयाँमा लैजान चाहन्छौं। यसले देशमा ठूलो रोजगारीका अवसरहरू बढाउनेछ।’ गडकरीले सन् २०३० सम्ममा धेरैजसो सवारी साधन वैकल्पिक इन्धनमा चल्ने मात्र हुने बताए । बायो–इथानोल, बायो–एनजी, बायो–एलएनजी र हरियो हाइड्रोजन जस्ता वैकल्पिक, स्वच्छ र हरियो इन्धनको विकासमा पनि काम गरिरहेका छौं। हरियो हाइड्रोजन भविष्यको इन्धन हुनेछ।
आफ्नो मन्त्रालयको लगानीबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘साना लगानीकर्ताले ८ प्रतिशत प्रतिफल पाइरहेका छन्, जुन बैंकको तुलनामा राम्रो हो। हामीलाई कोषमा समस्या छैन। अर्को वर्ष ५ लाख करोड रुपैयाँ लगानी गर्नेछौँ।’
प्रतिक्रिया दिनुहोस