aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतमा चालु खाता घाटाले बनायो नयाँ रेकर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ पुस २०७९
भारतमा चालु खाता घाटाले बनायो नयाँ रेकर्ड

काठमाडौँ। विश्वव्यापी आर्थिक सङ्कटको असर भारतीय अर्थतन्त्रमा पनि स्पष्ट रूपमा देखिएको छ। त्यहाँको चालु खाता घाटा हालसम्म कै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ। बिहिबार (२९ डिसेम्बर) रिजर्व बैङ्क इन्डियाले जारी गरेको तथ्याङ्क अनुसार जुलाई- सेक्टेम्बर (दोस्रो त्रैमास)मा यस्तो घाटा बढेर ३६.४ अर्व डलर बढेको छ।

अघिल्लो वर्ष (अप्रिल-जून २०२२) मा १८.२ अर्ब डलरको घाटा रहेकोमा त्यो अहिले झन्डै दोब्बर बनेको हो। भारतको यस अघीसम्मको पछिल्लो व्यापार घाटा रेकर्ड ३१.७७ अर्ब डलरको थियो। जो आर्थिक वर्ष २०१३ को तेस्रो त्रैमासमा त्यति पुगेको थियो।

अहिलेको चालु खाता घाटा भारतको कुल गृहस्थ उत्पादनको ४.४ प्रतिशतको हाराहारीमा पुगेको हो। पहिले यो २.२ मा थियो भने एक वर्ष अघि यही समयमा १.३ प्रतिशत मात्र थियो। 

प्रतिक्रिया दिनुहोस