aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा नौं जना कर्‍याप्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ पुस २०७९
जुवातास खेलिरहेको अवस्थामा नौं जना कर्‍याप्प

काठमाडौं । काठमाडौं महानगरपालिका २६ मित्रनगर डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका १८ घर भएका ६६ वर्षीय होमनाथ ढकालको कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार रुपैयाँ र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस