aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

श्रीलङ्काद्वारा बन्दरगाह निर्माण गर्ने, दक्षिण एशियाली टर्मिनललाई विशाल बनाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ भदौ २०७६
श्रीलङ्काद्वारा बन्दरगाह निर्माण गर्ने, दक्षिण एशियाली टर्मिनललाई विशाल बनाइने

कोलोम्बो । श्रीलङ्काले आफ्ना पूराना बन्दरगाहहरूमा आधुनिक सुविधा विस्तार गर्न र नयाँ बन्दरगाहको विस्तारका लागि व्यापक लगानी शुरू गरेको सरकारले शुक्रबार जानकारी गराएको छ ।

 सरकारले श्रीलङ्कालाई यस क्षेत्रकै व्यवस्थित सामुद्रिक केन्द्रकारूपमा निर्माण गर्न लागेको बताएको हो । श्रीलङ्काको सूचना विभाग कार्यालयले जारी गरेको एक विज्ञप्तिमा सरकारको बृहत् विकास कार्यक्रम अन्तर्गत श्रीलङ्काले सबभन्दा पहिले राजधानी कोलोम्बोस्थित बन्दरगाहमा सुुविधाहरूलाई विस्तार गरिनेछ । विज्ञप्तिमा कोलोम्बोमा कन्टेनरको व्यवस्थापन, क्षमता विस्तार र अत्याधुनिक प्रविधिको प्रयोग गरी बन्दरगाहलाई नमूना बनाउन लागिएको उल्लेख छ ।

कोलोम्बोमा इस्ट कन्टेनर टर्मिनल (इसीटी) को विस्तारसँगै वेस्ट कन्टेनर टर्मिनल १ र २ को विस्तार हुनेछ । दक्षिण एशियाली टर्मिनललाई पनि विशाल स्वरूप दिइनेछ ।

कार्यक्रम अन्तर्गत कोलम्बो, हम्वानटोटा, दक्षिण र त्रिन्कोमालीलगायत छ वटा बन्दर्गाहलाई व्यवस्थित गर्न श्रीलङ्का सरकारले व्यापक लगानी गर्ने बन्दरगाह मन्त्रालयका सचिव सिरिमेभान रणसिङ्गेले बताउनुभयो । सिन्ह्वा
 

प्रतिक्रिया दिनुहोस