aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पूर्वराष्ट्रपति खामाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि हंगामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ पुस २०७९
पूर्वराष्ट्रपति खामाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि हंगामा

काठमाडौं । बोत्स्वानाका पूर्वराष्ट्रपति इयान खामाविरद्ध पक्राउ पूर्जी जारी भएपछि त्यहाँ हंगामा भएको छ । त्यस देशको एक अदालतले पूर्वराष्ट्रपति खामाविरुद्ध अवैध हतियार राखेको आरोपमा पक्राउ पूर्जी जारी गरेपछि उनले आफूमाथि षड्यन्त्र भएको आरोप लगाएका छन् । 

गत वर्ष देश छोडेर छिमेकी दक्षिण अफ्रिकामा बस्दै आएका ६९ वर्षीय खामाले आफ्नो कार्यकाल पूरा नगरी सन् २०१८ मा पद छोडेका थिए । 

उनीमाथि सम्पत्ति शुद्धीकरण र चोरीको सम्पत्ति ह्यान्डल गरेको आरोपसहित १४ वटा मुद्दा चलिरहेको छ । जारी गरिएको पक्राउपूर्जी पाँचवटा अवैध हतियारको लागि मात्र हो । उनीमाथि गुप्तचर र प्रहरी सेवाका पूर्व प्रमुखहरूसँग संयुक्त रूपमा आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस