aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एमालेले रावललाई दियो सुदुरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ पुस २०७९
एमालेले रावललाई दियो सुदुरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी

काठमाडौं । नेकपा (एमाले)बाट सुदुरपश्चिम प्रदेशसभाका लागि संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् । शनिबार बिहान बसेको सांसदहरुको बैठकबाट रावल चयन भएका हुन् ।

एमालेका प्रदेश सांसदहरुको बैठक आज अत्तरियास्थित एमाले नेता लेखराज भट्ट निवासमा बसेको थियो । उक्त बैठकले उप नेतामा सन्तोष शर्मा थापालाई चयन गरेको छ । 

एमाले सचिव तथा प्रदेश इन्चार्ज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो । सुदुरपश्चिम प्रदेशसभामा एमालेका १० जना सांसद रहेका छन् । 

प्रतिक्रिया दिनुहोस