काठमाडौं । बिहीबार रातिदेखि कम्बोडियाको एक होटेलको क्यासिनोमा आगलागी हुँदा १२ तलामाथिबाट हाम फालेर ज्यान गुमाएका निराकार पाण्डेको शव नेपाल ल्याउन पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । त्यहाँ भएको आगलागीमा परेर झापा विर्तामोड नगरपालिका १ का पाण्डेसहित १९ जनाको निधन भएको घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुख व्यक्तसमेत गरेका छन् ।
उनले निधन भएका पाण्डेको परिवारप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदास बैरागीलाई उनको शव नेपाल ल्याउन तत्काल सहजीकरण गर्न निर्देशन दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस