aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राहदानी सहज बनाउन रविले चाले कदम, विज्ञ समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ पुस २०७९
राहदानी सहज बनाउन रविले चाले कदम, विज्ञ समिति गठन

काठमाडौं । गृहमन्त्रालयले राहदानी वितरणलाई सहज बनाउनेबारेमा सुझाव पेश गर्नको लागि विज्ञ समिति गठन गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पहलमा शनिबार विज्ञ टोलीको गठन गरिएको हो । 

मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको जनाएको छ । टोलीले बुझाउने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने मन्त्रालयले जनाएको छ ।  

लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल पनि गरेपछि उनको सुझावका आधारमा विज्ञ टोली गठन गरिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले  नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस