काठमाडौं । सप्तरीमा महिला हिंसाको उजुरी प्रहरीले नलिएको खुलेको छ । आफ्नो क्षेत्रका गुनासोको सम्बोधन गर्न कार्यालयमा गुनासो पेटिका राखेको भन्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिएका हुन् ।
राउतले आफ्नो कार्यालयको गुनासो बक्समा प्रहरीले उजुरी नलिएको गुनासो आएपछि गृहमन्त्री रवि लामिछानेलाई फोन गरेर जानकारी गराएको बताएका छन् । शनिबार साँझ सामाजिक सञ्जालमाफर्त आफूले पाएको गुनासोबारे गृहमन्त्रीलाई जानकारी गराइएको उनको भनाइ छ ।
राउतले फेसबुकमा लेखेका छन्–‘हिजो आफ्नो क्षेत्रका गुनासो सुन्ने क्रममा सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो, र पीडित महिला (कपाल खौरिदिएको पिडित महिला समेत) प्रहरीकहाँ हिम्मत गरेर जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको विषय उठेकोले गृहमन्त्रीज्यूलाई सो बारेमा फोनमा अवगत गराएको छु ।’
प्रतिक्रिया दिनुहोस