aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

व्यास नगरपालिका महिलालाई तीजमा सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ भदौ २०७६
व्यास नगरपालिका महिलालाई तीजमा सार्वजनिक बिदा

तनहुँ । तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारको अधिकार प्रयोग गरी सार्वजनिक बिदा दिने व्यास नगरपालिकाका दोस्रो भएको छ । यसअघि जिल्लाकै भानु नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस