aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

एमालेले राष्ट्रपति बनाउन लागेका चर्चामा नेपालले दिए प्रष्टीकरण

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, १७ पुस २०७९
एमालेले राष्ट्रपति बनाउन लागेका चर्चामा नेपालले दिए प्रष्टीकरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपाललाई ‘राष्ट्रपति बन्ने’ कुनै प्रस्ताव नआएको प्रस्टीकरण दिएको छ ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘नेपाललाई राष्ट्रपति बनाउने भनेर प्रस्ताव आएको सूचना झुटो रहेको’ एकीकृत समाजवादीले प्रस्ट पारेको छ ।

काठमाडौंस्थित एकीकृत समाजवादी केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ‘अध्यक्ष नेपाललाई राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको’ बताए ।

पछिल्लो समय ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकीकरण गर्नुपर्ने’ चर्चा सुरु भएपछि प्रवक्ता खतिवडाले त्यसको खण्डन गरेका हुन् ।

यद्यपि, एमाले र एकीकृत समाजवादीका शीर्षनेताबीच पछिल्लो समय भेटघाट तथा छलफल आन्तरिक रूपमा तीव्र भएपछि यस्तो हल्ला आएको हो ।

सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा बहससमेत सुरु भएको छ । कतिपयले ‘नेपाललाई राष्ट्रपति बनाएर भए पनि एमालेले पार्टी एकीकरण गर्नुपर्ने’ मत राख्दै आएका छन् । केहीले ‘नेपाललाई राष्ट्रपति बनाउनुहुँदैन’ भन्ने मतसमेत राख्दै विभिन्न कोणबाट बहस जारी राखेका छन् ।

‘पार्टी अध्यक्षसँग औपचारिक र अनौपचारिक दुवै कोणबाट यस प्रकारको कुरा र प्रस्ताव कसैले गरेका छैनन्, यो हल्ला मात्रै हो,’ प्रवक्ता खतिवडाले भने, ‘पार्टी विलय वा एकीकरण गर्नेतिर हामी लागेका छैनौं, पार्टी सुदृढीकरणमै हाम्रो ध्यान केन्द्रित छ ।’ 

प्रतिक्रिया दिनुहोस