aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आजकै दिन भएको थियो गणतन्त्र चीनको स्थापना, अरु मुख्य घटना के–के छन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ पुस २०७९
आजकै दिन भएको थियो गणतन्त्र चीनको स्थापना, अरु मुख्य घटना के–के छन् ?

काठमाडौं । आज जनवरी १ तारिक अर्थात अंग्रेजी नयाँ वर्षको दिन । आज विश्वमा नयाँ वर्ष मनाउँदै गर्दा सबैले यसभन्दा अगाडि आजकै दिनमा घटेका मुख्य घटनाहरुको बारेमा पनि जानकारी लिन जरुरी रहेको छ । आजको दिनमा विश्व इतिहासमा घटेका विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रमहरुलाई यहाँ प्रस्तुत गरिएको छ । 

गणतन्त्र चीन स्थापना
सन् १९१२ जनवरी १ का दिन गणतन्त्र चीन स्थापना भएको थियो । सन् १९४९ मा नाम फेरेर जनगणतन्त्र चीन राखिएको थियो ।

चेकोस्लाभिया विघटन
सन् १९९३ मा चेकोस्लाभिया विघटन भएको थियो । शान्तिपूर्ण ढंगले चेकोस्लाभिया विभाजित भएपछि चेक रिपब्लिक र स्लोभाक गणतन्त्र स्थापना भएका थिए ।

युरोपेली आर्थिक समुदाय स्थापना
सन् १९५८ मा युरोपेली आर्थिक समुदाय (इइसी) स्थापना भएको थियो । इइसी अहिलेको युरोपेली युनियनको अग्रज हो ।

रसिया महासंघको स्थापना
सन् १९९२ मा कम्युनिस्ट मुलुक रसिया महासंघको स्थापना भएको थियो । सोभियत युनियनको विघटनपछि आजकै दिन अर्थात १ जनवरीमा रसिया महासंघ स्थापना भएको थियो ।

रोपेली देशमा साझा मुद्रा युरो
सन् १९९९ मा युरोपका ११ देशमा साझा मुद्रा युरो प्रचलनमा आएको थियो । सुरुवाती दिनमा बैंक ट्रान्फरमा युरोले बैधता पाए पनि सन् २००२ को १ जनवरीदेखि नोट तथा सिक्का प्रयोगमा आएका थिए । युरोपेली देशमा साझा मुद्राको प्रयोगसँग ती देशमा व्यापार कारोबार सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस