
एजेन्सी। कुनैबेला तीनसय अर्ब डलर एकल सम्पत्ती भएका विश्व कै पहिली व्यक्ति बनेका एलन मस्कको नाममा त्यसको ठिक उल्टो अर्को रेकर्ड बनेको छ। दुई सय अर्ब डलर गुमाउने विश्वकै पहिलो व्यक्ति बनेका छन्, उनि।
ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार टेस्ला र ट्विटरका मालिक एलन मस्क २ सय बिलियन डलर गुमाउने विश्वको पहिलो व्यक्ति बनेका छन्। जनवरी २०२१ मा मस्कको व्यक्तिगत सम्पत्ति २ सय अर्ब डलर नाघेको थियो, त्यसबेला उनले अमेजनका मालिक जेफ बेजोसलाई पछाडि पारेका थिए। यसपछि उनको कुल सम्पत्ति ३ सय अर्ब डलर नाघेको थियो ।
मस्कको कुल सम्पत्ति १ सय ३७ अर्ब डलरमा झर्यो
टेस्लाको शेयरमा हालै आएको गिरावटपछि मस्कको कुल सम्पत्ति १३७ अर्ब डलरमा झरेको छ । टेस्लाको सेयर डिसेम्बर २७ मा ११ प्रतिशतले घटेको थियो। टेस्लाले अब अमेरिकी ग्राहकहरूलाई आफ्ना दुई सबैभन्दा लोकप्रिय मोडलहरूमा वर्षको अन्त्यसम्म सात हजार ५ सय डलर छुट प्रदान गर्दै छ। यसको सांघाई प्लान्टको उत्पादन पनि स्पष्ट रूपमा घटेको छ। यसले उनीहरूलाई नोक्सान गरिरहेको छ ।
नोभेम्बर २०२१ मा ३४० अर्ब डलर थियो कुल सम्पत्ति
नोभेम्बर २०२१ मा, मस्कको कुल सम्पत्ति३ सय ४० अर्ब डलर सहित शिखरमा पुग्यो। त्यसयता एलन मस्क हाल सम्म कै विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए। यद्यपि, गत महिना फ्रान्सेली व्यावसायिक टाइकुन र एलभीएमएच संस्थापक बर्नार्ड अर्नाल्टले एलन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्।
मस्कले ट्विटर किन्न टेस्लाको शेयर बेचे
अक्टोबर २०२१ मा विश्वका दोस्रो धनी व्यक्ति एलोन मस्कले ४४ बिलियन डलरमा ट्विटर किनेका थिए। त्यसपछि मस्कले आफ्नो लागत चुक्ता गर्न इलेक्ट्रोनिक कार कम्पनी टेस्लाको सेयर बेचे। त्यसयता यो कम्पनी उनको सबैभन्दा ठुलो सम्पत्ति बनेको छैन।
टेस्लाको शेयर यस वर्ष ६५ प्रतिशतभन्दा बढी घट्यो
मस्कले पछिल्ला केही दिनहरूमा लगातार टेस्लाको सेयर बेचेको छ। मस्कले डिसेम्बर महिनामा मात्र ३ दिनमा टेस्लाको करिब २.२ करोड कित्ता शेयर बेचेका थिए, जसको मूल्य करिब ३.६ अर्ब डलर पर्छ । टेस्लाको शेयर यस वर्ष ६५ प्रतिशतभन्दा बढी घटेको छ । त्यसको मूल्य वर्षको सुरुमा प्रति शेयर मूल्य ४०० डलर नजिक थियो। अहिले १२५ डलरको हाराहारीमा झरेको छ ।
शेयर बेचिसकेपछि पनि मस्क टेस्लाको सबैभन्दा ठुलो सेयर होल्डर बनेका छन् । कम्पनीमा उनको सबैभन्दा बढी १३.४ प्रतिशत सेयर छ । रोयटर्सको रिपोर्टका अनुसार मस्कले एक वर्षमा हालसम्म ४० अर्ब डलर मूल्यको टेस्ला शेयर बेचिसकेका छन्। गत वर्ष कम्पनीको बजार मूल्य १ खर्व डलर थियो जुन घटेर ४९५ अर्ब डलरमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस