
काठमाडौं। विश्व बैंकको सहयोगमा सञ्चालित कृषि तथा पशुपक्षीं मन्त्रालय अन्र्तगतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाको कृषक अनुदान कार्यक्रम विखलबन्दमा परेको छ ।
देशका २८ जिल्लाका २८९ नगर तथा गाउँपालिकामा आ।व। २०७४/०७५ देखि कार्यान्वयनमा रहेको सो कार्यक्रम एक बर्षदेखि सर्वोच्च अदालतको आदेशले रोकिएको छ । फलस्वरुप ३ अर्ब लगानी डुब्ने अवस्था आएको भन्दै किसानहरु चिन्तित छन् ।
विश्व बैंकको ८० मिलियन अमेरिका डलर सहयोगमा २५ सय कृषक समुह र ५ सय सहकारीलाई लाभ पुर्याउने उदेश्य रहेको सो कार्यक्रम आवेदक किसान गंगाबहादुर थापाको सर्वोच्च अदालतमा दिइएको रिटका कारण अवरुद्ध छ ।
रिट निवेदक थापाले कृषक समुह, सहकारी तथा उत्पादक संघलाई अवधारणापत्र पेश गर्न आवहन गरेको आयोजनाले अवधारणापत्र पेश भएपछि आवेदक संस्थाको अन्तिम नतिजा ननिकाल्दै निजी कम्पनी तथा फर्मलाई आफनो कार्यविधि संशोधन गरी सहभागी गराएको आरोप लगाएका छन् ।
सोही आरोपका साथ उनले सर्वोच्च अदालतमा ०७९ बैशाख ६ गते मुद्धा दायर गरेको थिए । रिट निवेदकले राष्टिय सहकारी बैंक आधिकारिक नभएको, छनौटको सबै चरण पास भइ सकेकोमा एक मात्र ऋण स्वीकृतिपत्रको कारण देखाई कृषक समुहलाई बञ्चित गराउनु गलत भएको, नीजि फर्म तथा कम्पनी र समुह सहकारीलाई फरक–फरक सर्त राखि नीजि फर्मलाई कार्यविधिमा सहज बनाएको, आफुले ऋण स्वीकृतिपत्र बुझाएको हुुँदा आफुलाई पनि समावेश गर्नुपर्ने, मुद्धा टुङगो नगोसम्म भुक्तानी प्रकृया रोक्नुपर्ने जस्ता मागहरु राखी मुदा हालेका थिए ।
सो मुद्धा उपर २०७९ साल वैशाख २२ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै आयोजना सम्झौतामा निर्धारित समुह बाहेक अन्य फर्म, समुह र कम्पनीका हकमा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म निवेदनमा उल्लेख भए बमोजिमको भुक्तानी दिने कार्य रोक्का गरी यथास्थितिमा राख्नु भन्ने आदेश दिएको थियो ।
अदालतको सोही आदेशले कार्यविधि संशोधनपछि छनौटमा परेका ३८० कृषि फर्म मर्कामा परेका छन् । अन्तरिम आदेश आएको लामो समयसम्म पनि पुर्ण फैसल्ला नआउँदा गरिव किसानको करोडांैको लगानी डुब्न खतरा बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
कृषकहरुले अहिले आफैले ७० प्रतिशत र बैंकबाट ३० प्रतिशत ऋण लिएर आयोजना संचालन गरेका छन् । काम सम्पन्न भएपछि आयोजनाले ५० प्रतिशत अनुदान उपलब्ध गराउने कार्यक्रम मोडल भएकोले उनीहरुको अनुदान रकम सर्वोच्चको आदेशले रोकिएको हो ।
तेश्रो आवहन अन्र्तगतको नीजि कृषि फर्मको हाल स्व–लगानी ४० करोड ३१ लाख, बैंक लोन ९० करोड ३४ लाख र पुरक अनुदान १ अर्ब २७ करोड जोखिममा परेको छ । अदालतको अन्तरिम आदेश र पुर्ण फैसल्लाको ढिलाइको कारण आउँदो २०८० असार १५ गते सकिन लागेको विश्व बैंकसँगको सम्झौताले किसानहरु अनुदानबाट बञ्चित हुने देखिएको छ ।
हाल सो कार्यक्रममार्फत २४९ वटा समुह सहकारी लाभान्वित भएका छन् भने ३८० नीजि कृषि कम्पनीहरु लगानी डुवानमा परेका छन् । बंैक तथा वित्तिय संस्थाहरुबाट चर्को दरमा ऋण लिएर कृषि फर्म चलाएका कृषकहरुले आफुहरु ऋणको बोझले अतालिएको बताउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस