aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यामाहा महा-एक्सचेन्ज मेला सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
यामाहा महा-एक्सचेन्ज मेला सुरु

काठमाडौं । शनिबारदेखि राजधानीमा यामाहा महा-एक्सचेन्ज मेला सुरु भएको छ। राष्ट्रिय सभागृहमा भदौ १९ गतेसम्म चल्ने मेलाको उद्घाटन हिमाँसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटर दिएर बजार मूल्यांकनको सबैभन्दा उच्च २० हजार रूपैयाँ अतिरिक्त ग्यारेन्टी मूल्यका साथ नयाँ ब्रान्डको यामाहा लिन सकिने जनाइएको छ। । मेलामा एक लाख रूपैयाँसम्मको नगद छुट, स्थलगत फाइनान्स सुविधा र टेस्ट राइड लगायत आकर्षक योजना रहेका छन् । 

साथै, सेलिब्रेटी वाक(इन, लाइसेन्स ट्रायल सित्तैमा टेस्ट राइड, हाँक्ने प्रतिस्पर्धा, डोर प्राइज र फुड स्टल लगायत आकर्षण पनि मेलामा रहेको विज्ञप्तिमा उल्लेख छ। 

मोरङ अटो वर्क्सले हालैमात्र यामाहा एफजेड भी३ र एमटी १५ प्रस्तुत गरेको छ। यी दुवै  बाइकमा परिष्कृत एबिएस र यामाहाको आफ्नै प्रमाणित प्रविधिएफ आई रहेको कम्पनीले जनाएको छ। मेलामा सित्तैमा बाइक धुने, निःशुल्क परीक्षण क्याम्प सेवा पनि उपलब्ध छ । यो समाचार आजको नगरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस